Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको धेरै

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १६ : ५२ मा प्रकाशित

नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको धेरै

अहिले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचक अनुसार पुरुषको ६८.२ वर्ष रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युबीचको फरक करिब ५ वर्ष छ।

सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरु बाँच्दछन्। सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ वर्ष औषत आयु रहेको छ।

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ। सबैभन्दा कम महिलाहरुको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ।

हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको