Like us!
Follow us!
Connect us!
Watch us!

यूनिटेक हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १० : ५६ मा प्रकाशित

यूनिटेक हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.३६,६७,००,००० रकम बराबरको ३६,६७,००० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।  

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको