Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रलाई उत्साहित हुने गरी बजेट ल्याउनुपर्ने ज्ञानेन्द्रबहादुर कार्कीको भनाई

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १२ : ४४ मा प्रकाशित

निजी क्षेत्रलाई उत्साहित हुने गरी बजेट ल्याउनुपर्ने ज्ञानेन्द्रबहादुर कार्कीको भनाई

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षका लागि बजेट बनाउँदा निजी क्षेत्रलाई उत्साहित हुने गरी बनाउनु पर्ने बताएका छन् । आगामी आर्थिक वर्षको प्रि–बजेट छलफलमा उनले यस्तो बताएका हुन्

निजी क्षेत्रले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै निजी क्षेत्रलाई खुसी पार्ने गरी बजेट बनाउने उनले बताए। “निजी क्षेत्रको बेरोजगारी घटाउन र रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका छ । तर, आज निजी क्षेत्र निराश अवस्थामा छ । निजी क्षेत्र आज हात बाँधेर बस्ने अवस्थामा छ । निजी क्षेत्रलाई रक्तसञ्चार गर्ने सकिएन भने अर्थतन्त्र गतिशील हुन सक्दैन,” उनले भने, “यो वर्ष निजी क्षेत्रलाई उत्साहित गर्ने र लगानीलाई अधिकतम प्रयोग गर्ने दिशा दिने खालको बजेट आवश्यक छ ।”

उनले आगामी बजेटमा उत्पादन र रोजगारी वृद्धि प्राथमिकता राख्नुपर्ने बताए। उनले आगामी बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा रहनुपर्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको