Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीले भने– भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या समाधान हुँदैन

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १७ : १३ मा प्रकाशित

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीले भने– भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या समाधान हुँदैन

नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या र चुनौतीहरू समाधान हुन नसक्ने बताएका छन् । आज (मङ्गलबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद कार्कीले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै समाधान नहुने बताए । उनले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए। आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।

उनले भने, ‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै समाधान हुँदैन । हामी गम्भीर हुन जरुरी छ । आयात किन घटिरहेको छ ? आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ रु यी विषयको सहीरूपले जवाफ लिन र समाधान गर्न सकेनौँ भने सरकारको विश्लेषण यथार्थ हुन सक्दैन ।’

सांसद कार्कीले रेमिट्यान्सले देशको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्‍याएको भन्दै रेमिट्यान्समा कुनै किसिमको समस्या आयो भने देशको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको