सांसद विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको बजेटका प्राथमिकता अध्ययन गर्दा सरकार अर्थतन्त्रको चुनौतीप्रति बेखबर देखिएको बताएका छन्। हिजो (आइतबार)को प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले यस्तो बताएका हुन्।
‘विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा अर्थतन्त्रका चुनौतीप्रति सरकार बेखबर रहेको पाएँ,’ सांसद पौडेलले भने, ‘चुनौती कहाँ छ, समस्या कहाँ छ भन्ने विषयमा सरकार बेखबर छ।’ यस्तै, सरकारकै मतहतको निकायले अर्थतन्त्र मन्दीको अवस्थामा रहेको तथ्य सार्वजनिक गरे पनि सरकारले त्यसलाई बेवास्था गरेको सांसद पौडेलले आरोप लगाएका छन्।
‘प्रधानमन्त्री कार्यलय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यलयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनको तथ्याङ्कले नेपालको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको छ भन्ने तथ्य उद्घाटित गरेको छ,’ सांसद पौडेलले भने, ‘स्वयं सरकारी प्रतिवेदनले मन्दी भने पनि सरकार भने उक्त विषयमा बेखबर छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस