Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वृद्धि सोचेजस्तो नहुने भयोःअर्थमन्त्री पौडेल

अर्थ संसार

आइतबार, २० असोज २०८१, १७ : ४८ मा प्रकाशित

आर्थिक वृद्धि सोचेजस्तो नहुने भयोःअर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले सोचेअनुरूप आर्थिक वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । उनले आइतबार अर्थमन्त्रालयको उच्च व्यवस्थापनसँग छलफल गर्दै   यस्तो बताएका हुन् 

उनले अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा असोजको दोस्रो साताको बाढी पहिरोले धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले आर्थिक वृद्धि अपेक्षाकृत नहुने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने धारणा राखेका हुन् ।

योबेला राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको