Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजक

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १५ : २० मा प्रकाशित

अपि पावर चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजक

अपि पावर कम्पनी लिमिटेड र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड बीच मुख्य प्रयोजन (Title Sponsor) को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी संचालक  संजिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट क्लबका अध्यक्ष  टंकलाल राईबीच एक वर्षको लागि मंगलबार अपि पावर कम्पनी लिमिटेडको प्रधानकार्यलयमा सम्झौता सम्पन्न भएको हो ।  

यसका साथै अबउप्रान्त यस क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ ।

छोटो समयमा शहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाईमा पुर्याउन सफल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिलगर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको छ ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत यस अपि पावर कम्पनी लिमिटेडको हालदुई वटा जलविद्युत र दुई वटा सौर्य आयोजना सहितपाँच वटा आयोजना संचालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । 

नेपालको उर्जा क्षेत्रको प्रख्यात संस्था अपिपावर कमपनी लिमिटेडले देशमा प्रशस्तमात्रामा उपलब्ध पानी र नविकरणीय श्रोतको उपयोग गरी विद्युत उत्पादनगरि देशलाई उर्जामा आत्मनिर्भर बनाउने उदेश्य बोकेको छ । राष्ट्रको एक जिम्मेवार संस्थाको नाताले सामाजिक रुपान्तरण, युवाश सक्तिकरण तथा खेलकुदको दिघो विकासमा अपिपावर कम्पनी लिमिटेडले विभिन्न कार्यक्रम तथा सहयोग गर्दै आएको छ ।

645a1669aeb97.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको