Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र चलायमान बनाउन सक्दैनः चन्द्र ढकाल

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १३ : १८ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र चलायमान बनाउन सक्दैनः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने स्पष्ट पारेका छन् ।

शिजो (शनिबार) काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको दाबी गरेका हुन्। 

उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए । “राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित भयो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,” उनले भने ।

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरू सम्बोधन नै भएनन् भन्न भने नमिल्ने बताए ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको