Like us!
Follow us!
Connect us!
Watch us!

पल्लभी लुब्रिकेन्ट्सको ८ लाख बढि कित्ता संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

सोमबार, २२ असार २०८३, १० : २९ मा प्रकाशित

पल्लभी लुब्रिकेन्ट्सको ८ लाख बढि कित्ता संस्थापक सेयर बिक्रिमा

पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक सेयर  बिक्रिमा रहेको छ । कम्पनीका हाल कायम सेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको  २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको नाममा रहेको ५ लाख  ४८ हजार ६ सय ५० कित्ता सेयर बिक्रिमा रहेको हो ।

बिक्रिमा रहेको संस्थापक शेयरको मूल्य प्रतिसेयर  १ सय २५ रुपैँया तोकिएको छ । बिक्रिमा रहेको सेयर खरिद गर्ने  पहिलो प्राथमिकता बहालवाला (विद्यमान) सेयरधनीको हुने भएकाले । उक्त सेयर खरिद गर्न इच्छुक बहालवाला सेयरधनीहरूले आजको   ७ (सात) दिनभित्र कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयसीमा भित्र विद्यमान सेयरधनीहरूबाट खरिदका लागि आवेदन नआएमा, सेयरहरू नयाँ लगानीकर्ताहरूलाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको