Like us!
Follow us!
Connect us!
Watch us!

बजेटले आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक छः चन्द्र ढकाल

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १० : ३१ मा प्रकाशित

बजेटले आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक छः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने अगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका छन् ।

(हिजो) बिहीबार काठमाडौंमा भएको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवम् छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले सरकारल अर्थतन्त्रको सुधारको लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण तथा उद्यमी व्यवसायीलाई पुनःकर्जाको सुविधा दिनुपर्ने बताए ।

उनले व्यवसायीका मागलाई राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा आंशिक रूपमा समेटेको तर यत्तिले मात्रै बजार चलायमान बनाउन नसक्ने भन्दै आगामी मौद्रिक नीति थप लचिलो बन्न आवश्यक रहेको बताए ।

‘बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नु आवश्यक छ । त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण आवश्यक छ । यससँगै उद्यमी व्यवसायीलाई पुनःकर्जा सुविधा आवश्यक छ । हाम्रा यी मागलाई राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा आंशिक रुपमा समेटेको छ । तर यत्तिले मात्रै बजार चलायमान बनाउन सक्दैन । त्यसैले थप लचिलो बन्नु आवश्यक छ,’ उनले भने ।

उनले रेमिट्यान्स विशेष प्रवर्द्धन कार्यक्रममार्फत बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना आवश्यक रहेको बताउँदै सानो आय भएका व्यक्तिहरूले प्रयोग गर्ने रेमिट्यान्स रोकिएकोमा त्यसलाई सुचारु गर्नुपर्ने बताए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको