Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रम : पूँजी बजारकाे विकासका लागि संरचनागत सुधार गरिने

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १७ : ०६ मा प्रकाशित

नीति तथा कार्यक्रम : पूँजी बजारकाे विकासका लागि संरचनागत सुधार गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारकाे विकास गर्न संरचनागत सुधार गरिने बताएका छन् ।

सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेश गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, " पूँजी बजारको विकास र विस्तारको लागि संरचानात्मक सुधार गरिनेछ ।"

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे सुरु भएको सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका छन् । सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको