Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोले पायाे १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १७ : १४ मा प्रकाशित

अरुण भ्याली हाइड्रोले पायाे १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ ।

कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे हाे । कम्पनीकाे वैशाख ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १:१ काे अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गर्दै पूर्व स्विकृतीका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेकाे थियाे  । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव गरेको हाे । साेही प्रस्ताव विद्युत नियमन आयोगले जेठ ५ गते, शुक्रबार स्विकृत गरेकाे हाे । 

अब उक्त हकप्रद प्रस्ताव सेबाेनमा निवेदन दिएर त्यहाँबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम मध्येबाट ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि (Equity) को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक सेयरमा लगानी गर्नेछ र बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय यस कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको