कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक समूहको सेयर आज जेठ ८ गते, साेमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
मूल्य कति ?
उक्त सेयरकाे न्यूनतम मूल्य १ सय १० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
क-कसले दिने आवेदन ?
यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
आज जेठ ८ गते, साेमबारबाट बिक्री खुल्ला गरिएको उक्त लिलामी सेयरमा असार १० गतेसम्म आवेदन दिन पाइनेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड, नारायणचाैर, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस