Like us!
Follow us!
Connect us!
Watch us!

५ विकास बैंक र एक फाइनान्स कम्पनी परे राष्ट्र बैंकको कारवाहीमा

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १५ : १२ मा प्रकाशित

५ विकास बैंक र एक फाइनान्स कम्पनी परे राष्ट्र बैंकको कारवाहीमा

नेपाल राष्ट्र बैंकको नियम उलंघन गर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनी कारवाहीमा परेका छन्। राष्ट्र बैंकले सिडि रेसियो कायम नगरेको र अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै जरीवाना तिराएको हो। 

तेस्रो त्रैमासमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई जरीवाना तिराएको हो।

सप्तकोशी डेभलपमेन्ट बैंकले सिडि रेशियो कायम नगरेको भन्दै केन्द्रिय बैंकले १९ लाख ३६ हजार रुपैयाँ जरीवाना तिराएको छ भने नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार, सालपा विकास बैंकलाई १ लाख १० हजार र र्कोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार जरीवाना तिराएको छ।

यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै ३ पटकसम्म जरीवाना तिराएको छ। मल्टिपर्पस फाइनान्सले पनि अनिवार्य नगद अनुपात कायम नगर्दा २ हजार ७०१ रुपैयाँ जरीवाना तिर्नुपरेको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको