Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७७ खर्ब नाघ्यो, कर्जा क्षमता कति ?

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, १० : १८ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७७ खर्ब नाघ्यो, कर्जा क्षमता कति ?

बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप रकम ७७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी तथ्यांकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका ५४ संस्थाको कुल निक्षेप ७७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो । 

यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो अवधिमा वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप रकम ६९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम भने ५१ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूले भने यो अवधिसम्ममा कुल ७ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात अर्थात् सिडी रेसियो ७४.३२ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ ।

बैंकिङ क्षेत्रमा हाल कायम रहेको सिडी रेसियोलाई आधार मान्दा बैंकिङ क्षेत्र अहिले पनि १० खर्ब रुपैयाँको हाराहारीमा कर्जा दिन सक्ने अवस्थामा रहेको छ । यसैबीच सोमबार राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको