Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनामा १३ खर्ब बराबरको मालवस्तु आयात, व्यापार घाटा १२ खर्ब

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १५ : १४ मा प्रकाशित

१० महिनामा १३ खर्ब बराबरको मालवस्तु आयात, व्यापार घाटा १२ खर्ब

चालु आर्थिक वर्ष २०७९/८०को १० महिनाको अवधिमा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सोहि अवधिमा गत वर्ष २०७८/७९ को आर्थिक वर्षमा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख बराबरको व्यापार घाटा रहेको थियो । गत वर्षको तुलनामा यसवर्षको व्यापार घाटा १६.७८ प्रतिशतले घटेको देखिन्छ । 

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेकोमा चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्ले आर्थिक वर्षको तुलनामा १६.७८ प्रतिशत कम हो । 

यस्तै, कारोबारका आधारमा आर्थिक वर्ष २०७८/७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकोमा चालु आर्थिक वर्षको १० महिनामा अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस अवधिमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । यस अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । 

आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको