भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनाको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारको आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा अझै कायम रहेको देखिन्छ ।
चालु आवको पहिलो सात महिनामा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ अर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँभन्दा ६.२० प्रतिशतले वृद्धि भएको हो ।
यो अवधिमा नेपालले कुल ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँभन्दा १०.०९ प्रतिशतले वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार नेपालले भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोरेको छ। कुल व्यापार घाटा ८६१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ, जसमा भारत र चीनकै अंश मुख्य छ। भारतसँग मात्र नेपालको व्यापार घाटा ४९८ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै, सोही अवधिमा नेपालले १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको ८६ अर्ब ८३ करोड ९१ लाख रुपैयाँको तुलनामा ४६.५० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस