Like us!
Follow us!
Connect us!
Watch us!

स्वाबलम्बन लघुवित्तको सेयर संरचना परिर्वतन

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १५ : २३ मा प्रकाशित

स्वाबलम्बन लघुवित्तको सेयर संरचना परिर्वतन

स्वाबलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत् संस्थाको हालसम्म सूचीकृत कुल सेयर एक करोड २९ लाख ४ हजार ९५५ कित्ता एवं साविक संस्थापक र सर्वसाधारण समूहको सेयर हिस्सा क्रमशः ७० र ३० प्रतिशतको अनुपातमा कायम रहेकोमा संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ६० प्रतिशत र ४० प्रतिशत अनुपातमा कायम गरिएको छ ।

संस्थाले सो सम्बन्धी पत्र नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेकोमा संस्थापक र सर्वसाधारणको हिस्सा ६० प्रतिशत र ४० प्रतिशतको अनुपातमा कायम हुनेगरी संस्थापक समूहको १२ लाख ९० हजार ४९६ कित्ता सेयर जेठ ८ गतेको निर्णयअनुसार अभिलेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको