Like us!
Follow us!
Connect us!
Watch us!

वाम गठबन्धनपछि माओवादीमा मिसिदै संयुक्त

बुधबार, २५ असोज २०७४, ११ : ३९ मा प्रकाशित

वाम गठबन्धनपछि माओवादीमा मिसिदै संयुक्त

अर्थ संसार, काठमाडौँ– मुलुकमा वाम गठबन्धन र पार्टी एकताको प्रक्रिया अगाडि बढेपछि साना वामपन्थी पार्टिहरु नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)मा सिमिने क्रम समेत बढेको छ ।

सोही क्रममा आज गणेश साहले नेतृत्व गरेको नेकपा संयुक्त माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेकपा(संयुक्त) सहभागी छ ।नेकपा संयुक्तको २२ असोजमा सम्पन्न पोलिटव्यूरो बैठकले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

सो निर्णयलाई मंगलबारको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।नेकपा संयुक्तका पोलिटव्यूरो सदस्य सुनिल मानन्धरले माओवादी केन्द्रसँग एकताको प्रस्ताव राखेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको