Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष गौचनको हत्यारालाई खोजी गरी कारबाही गर्न माग गर्दे विरोध प्रदर्शन

बुधबार, २५ असोज २०७४, ११ : ५५ मा प्रकाशित

अध्यक्ष गौचनको हत्यारालाई खोजी गरी कारबाही गर्न माग गर्दे विरोध प्रदर्शन

अर्थ संसार, काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन निकालेको छ ।

अध्यक्ष गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

र्यालीमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका माग राखेका छन् ।

महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरिसकेका छन् ।

महासंघका महासचिव रामशरण देउजाले अध्यक्षको हत्यासँगै नाम नखुल्ने नम्बरबाट अन्य व्यवसायीलाई समेत फोन आउन थालेको भन्दै व्यवसायीको सुरक्षाका लागि सरकारसँग आग्रह समेत गर्नुभयो । अध्यक्ष गौचनको हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने महासंघ तथा उहाँका परिवारले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको