Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोपावरले डाक्यो साधारण सभा

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १२ : १२ मा प्रकाशित

पिपुल्स हाइड्रोपावरले डाक्यो साधारण सभा

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १५ औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले असार ४ गते साधारण सभा गर्ने भएको हो। 

कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजेबाट शुरु हुने जनाएको छ ।

सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

त्यस्तै सभाले कम्पनीमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा जेठ २४ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको