Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न, यी एजेण्डा पारित

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १४ : ५१ मा प्रकाशित

पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न, यी एजेण्डा पारित

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (सोमबार) क्वालिटी बेङ्क्वेट, बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

साथै, आ.व. २०७८/०७९ को लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात। नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र शेयर पूँजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचिहरू उपर छलफल गरी पारित गरेको छ । साथै, आ.व. २०७९/०८० को लागि लेखा परीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना संचालकको निर्वाचन सम्बन्धमा छलफल भएको छ ।

त्यस्तै सभाले यस कम्पनीको अधिकृत पूँजी बृद्धिको लागि प्रबन्ध पत्रको दफा ६ (क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले यस कम्पनीको प्रबन्ध पत्रको दफा ६ (घ) मा भएको संशोधन अनुमोदन गरिएको छ । त्यस्तै सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्ता पूँजी भन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको