Like us!
Follow us!
Connect us!
Watch us!

२४ महिनाभित्रमा बजार ५४ सय नाघ्छ : अम्बीर बोगटी (भिडियाे)

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १३ : ५५ मा प्रकाशित

अबको बुलमा नेप्से परिसूचक ५४३० को विन्दुसम्म पुग्ने अनुभवी लगानीकर्ता अम्बिर बोगटी बताउँछन् । अर्थ संसारको कार्यक्रम अर्थ संसार बहसमा कुराकानी गर्दै तथ्यगत आधारसहित उनले अबको बुलमा नेप्से परिसूचक ५४३० को विन्दुसम्म पुग्नसक्ने अनुमान गरेका हुन् । 

आफूले विगत १५ वर्षदेखि सेयर बजारमा रूची राखेको उनले बताए । सबै वातावरण र पारामिटरहरू अहिलेकै अवस्थामा रहे अबको २५ देखि २६ महिनासम्म बजार ५४ सयको विन्दु नाघ्ने उनी बताउँछन् । वि.सं. २०८२ साल असार महिनामा सेयर बजार ५४ सयको विन्दुमा पुग्ने उनको आँकलन छ । 

यो अनुमान पुरा हुन सरकार स्थिर हुनुपर्ने, नीति नियमहरू लगानीमैत्री हुनुपर्ने, पूँजी बजारलाई प्राथमिकतामा राख्नुपर्ने, ब्याजदर घट्ने, पूँजी बजारको संरचनात्मक सुधार लगायतका वातावरण सृजना हुनुपर्ने उनले बताए । यो सबै कुरा हुनेमा आफूहरू सबै ढुक्क रहेको उनी बताउँछन् । हरेक ५ वर्षमा ३ वर्ष बजार घट्ने र २ वर्ष बढेको विगतको इतिहासले देखाउने उनको तर्क छ । 

बजार बढ्छ रे भन्दैमा जस्तो पायो त्यस्तै सेयर किन्न नहुने सबै लगानीकर्तालाई उनको सुझाव छ । हल्लाको भरमा सेयर खरिद नगरी आफूले राम्ररी अध्ययन गर्नुपर्ने उनले बताए । कम्पनीको व्यवस्थापकीय पक्ष, संस्थापक सेयरधनीहरू, लाभांश इतिहास, वित्तीय विवरण लगायतका सबै कुराहरूको बारेमा आफूले अध्ययन गरेर र हेरेर मात्रै सेयर किन्न उनको आग्रह छ । 

सेयर बजारमा सबै जना नाफा कमाउनै आएका हुुने उनको धारणा छ । नाफा पनि कमाउन सकिने तर अलि विचार पुर्याउनु पर्ने उनले बताए । आफ्नो बुझाई अनुसार सेयर बजार हाई जोखिम भएको तर व्यवस्थापन गर्न सकिने क्षेत्र रहेको उनी बताउँछन् । बजार व्यवस्थापन गर्न नसकेपछि बजार तल घट्ने उनले बताएका छन् ।

सेयर बजारमा कोही पनि जुवा खेल्न आएको हैन भन्दै उनले सेयर बजार राज्यको ऐना भएको बताए । तल्लो तहसम्म छरिएर रहेको पूँजी संकलन गर्न र ठूला ठूला परियोजनाहरू सञ्चालन गर्न पूँजी बजारले नै योगदान गर्ने भएकाले पूँजी बजारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने र यसप्रति सरकार सिरियस हुनुपर्ने उनी बताउँछन् ।

आईपीओ मार्फत् बजारमा राम्रा रिटर्न दिन सक्ने उत्पादनमुलक उद्याेगहरू भित्र्यायाे भने अबकाे बुलमा उत्पादनमुलक उद्याेगहरूले लिड गर्न सक्ने सम्भावना रहने उनले बताए । यस्ता कम्पनीहरूकाे पूँजी कम हुने र रिटर्न पनि राम्ररी दिनसक्ने उनकाे अनुमान छ । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको