Like us!
Follow us!
Connect us!
Watch us!

२४ महिनाभित्र बजार ५४ सय नाघ्ने अनुमान गरेका बोगटी भन्छन्, 'मौद्रिक नीतिले बजारलाई गिजोल्यो'

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १४ : ३५ मा प्रकाशित

२ महिनाअघि अर्थ संसारको अन्तर्वार्तामा बोल्दै २४ महिनाभित्रमा बजार ५४ सय नाघ्ने अनुमान गरेका लगानीकर्ता अम्बिर बोगटीसँग अर्थसंसारले फेरि विशेष बहस गरेको छ ।

जेठ १३ गते अर्थ संसारको कार्यक्रम अर्थ संसार बहसमा कुराकानी गर्दै तथ्यगत आधारसहित उनले अबको बुलमा नेप्से परिसूचक ५४३० को विन्दुसम्म पुग्नसक्ने अनुमान गरेका थिए ।

आफूले त्यतिबेला सबै वातावरण र पारामिटरहरू अहिलेकै अवस्थामा रहे अबको २५ देखि २६ महिनासम्म बजार ५४ सयको विन्दु नाघ्ने भनेकोमा बीचमा त्यस्तो अवस्था नआएको उनले बताए । सुरूमा बजेटले र अहिले मौद्रिक नीतिले बजार गिजोलेको उनी बताउँछन् । यसरी बजार गिजोल्दिँदा कसैले गरेको अनुमान पनि नमिल्ने उनले बताए । 

अहिले नभएपनि कुनै दिन बजार ५ हजारमाथि पुग्नेमा ढुक्क छ उनी । उनी भन्छन्, नीति निर्माताज्यूहरुबाट जो सम्बन्धित निकायहरूबाट आशा देखाइएका कुराहरूलाई फुकाउने काम नभएपछि हामीले गरेका अनुमानका कुराहरू मेल खाला जस्तो देखिँदैन । त्यसको समय थप हुन सक्छ तर कुनै दिन चाहीँ आउँछ । सहजीकरण हुनुपर्यो, कुनै न कुनै दिन बजार ५ हजारमाथि आउँछ । यो देशमा सेयर बजारका लागि हाम्रो सरकार र हाम्रो अर्थतन्त्र हाँक्ने जिम्मेवार पदाधिकारीहरू सबै चाहीँ सिरियस्ली लाग्दिनु पर्यो ।

जिम्मेवार नेतृत्वमा बसेका पूँजी बजारका साथीहरूले छिट्टै महासंघ बनाएर पूँजी बजारमैत्री नीति/नियमहरू ल्याउनका लागि राज्यसँग, सम्बन्धित निकायहरूसँग पहल गर्नुपर्ने उनकाे जाेड छ । 

Capital Adequacy Ratio, काउन्टर साइक्लिकल बफर, सेयर धिताे कर्जा लिने प्रक्रिया लगायतका विषयमा केन्द्रित रही उनीसँग गरिएकाे विशेष भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको