Like us!
Follow us!
Connect us!
Watch us!

बजेट सर्ट टर्म बियरिस र लङ टर्म बुलिस नै देखिन्छ : विश्लेषक ढुङ्गाना

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १७ : ०९ मा प्रकाशित

बजेट सर्ट टर्म बियरिस र लङ टर्म बुलिस नै देखिन्छ : विश्लेषक ढुङ्गाना

प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले बजेट सर्ट टर्म बियरिस र लङ टर्म बुलिस नै देखिएकाे बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले हिजाे सार्वजनिक गरेका बजेटमा प्रतिकृया व्यक्त गर्दै उनले यस्ताे बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा उनकाे पाेस्ट जस्ताकाे त्यस्तै :

मेरो लागि बजेट २०८०/०८१

चालु वर्षको १७ खर्ब ९४ अर्बको बजेटलाई समीक्षा मार्फत १५ खर्ब ५० अर्बमा झारेका अर्थमन्त्री महत स्वं आफैले अहिले फेरी सो भन्दा २ सय अर्ब बढाएर १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट लेराएका छन !

राष्ट्रिय योजना आयोगले समेत १६ खर्ब ८८ अर्बको सीमाभन्दा नबढाउन सल्लाह दिएको थियो तर यसमा पनि ६३ अर्ब ले बढाईयो !

मुलुकको अर्थतन्त्र नकारात्मक अवस्थामा रहँदा सरकारले ६ प्रतिशत जीडीपी हुने प्रक्षेपण गर्दै सबै कुरा ठिक छ भने जस्तो गरि यो बजेट लेराउनु उनको Over Confidence हो वा तत्काल अर्थतन्त्र सुधारमा लेराउनु आफ्नो काबु बाहिर गइसक्यो भन्ने बुझाइ हो !

सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्थाहरू खारेज गर्नु यो बजेटको सबल पक्ष्य हो !

बजेट दुरुपयोग, गैरसंवैधानिक र संघीयताको मर्मविपरीत सांसदहरूलाई निर्वाचन क्षेत्रको लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट ब्युताउनु सबैभन्दा गलत पक्ष्य हो !

पुंजीबजार सम्बन्धमा बजेट Short Term Bearish र Long Term Bullish नै देखिन्छ !

नीति तथा कार्यक्रम एकातिर र बजेट अर्को तिर देखिनु बजेटको सबैभन्दा कमजोरी पक्ष्य रहयो !

मेरो रेटिंग : २/५

धन्यबाद

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको