Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको प्रस्तावित हकप्रदको आकार घट्यो, १५० प्रतिशत मात्र निष्कासन गर्ने

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १६ : ३२ मा प्रकाशित

आँखुखोला जलविद्युतको प्रस्तावित हकप्रदको आकार घट्यो,  १५० प्रतिशत मात्र निष्कासन गर्ने

आँखुखोला जलविद्युत कम्पनीले प्रस्ताव गरेको हकप्रदको आकार विद्युत नियमन आयोगले घटाइदिएको छ। 

गत वेशाख १५ गते बसेको आँखुखोला जलविद्युतको सञ्चालक समितिले बैठकले चुक्तापुँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो। उक्त प्रस्तावित हकप्रद स्वीकृतिका लागि कम्पनीले विद्युत नियमन आयोगमा पठाएको थियो। 

आयोगले भने कम्पनीको प्रस्तावित हकप्रदको आकारमा कटौती गर्दै चुक्तापुँजीको १५० प्रतिशत अर्थात १ः१.५ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा पेस गरी पारित गर्न स्वीकृति प्रदान गरेको हो।

कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले नियमन आयोगले तोकेकोबमोजिम हकप्रद सेयर आगामी साधारणसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ। आगामी साधारणसभाबाट अनुमोदन गरेपछि कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको