Like us!
Follow us!
Connect us!
Watch us!

पटके शब्द फेर्ने सहमतिले समस्या समाधान गर्दैन : मुक्ति अर्याल

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १८ : १५ मा प्रकाशित

पटके शब्द फेर्ने सहमतिले समस्या समाधान गर्दैन : मुक्ति अर्याल

सेयर तथा वित्त विश्लेषक मुक्ति अर्यालले आन्तरिक राजश्व विभागको सूचनामा उल्लेख भएको पटके शब्द फेर्ने आज भएको सहमतिले समस्या समाधान नगर्ने बताएका छन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

“पटके” को स्थानमा “प्राकृतिक व्यक्ति" राख्ने सहमति

आज लगानीकर्ता संगठनका प्रतिनिधीहरू र आन्तरिक राजश्व विभागका अधिकृतहरूबीच पटके शब्दलाई प्राकृतिक व्यक्ति भनेर राखिने सहमति भएको छ । तर यो सहमतिले पनि समस्या समाधान भने नगर्ने विश्लेषक अर्यालले बताए । यसले झन् उल्टै कन्फ्युजन क्रिएट भएकाे उनले बताए ।  त्यही पनि याे राजश्व विभागले राखेर नहुने र अर्थ विधेयकमै आउनुपर्ने उनले बताए । 

'राजश्व कार्यालयको काम कानून अनुसार कर उठाउने हो, कानून बनाउने होइन ।', उनले भने, 'मेरो बुझाईमा राजश्व कार्यालयले नीति परिवर्तन गर्न सक्दैन । राजश्व कार्यालयले कानून बनाउन सक्छ भने त ठिकै हो यो गरेको, गर्न पायो । तर यसले (प्राकृतिक व्यक्ति शब्द) पनि खासै मिनिङ चाहीँ दिएन । प्राकृतिक व्यक्ति नै नियमित हुने हाे । प्राकृतिक त हाेला तर याे दुइटै कुरा नियमित र पटकेकाे कुनै सेन्स छैन । यसकाे ठाउँमा प्राेपर वर्डहरू राख्नुपर्छ ।'

लगानीकर्ताहरू की लङ टर्म की सर्ट टर्म हुने, याे पटके/नियमित/प्राकृतिक केही नहुने उनकाे तर्क छ । 

आज बिहान उनले तल उल्लेख गरे बमोजिम स्टाटस पोष्ट गरेका थिए । त्यसैले, अहिले पटके शब्द फेरिने सहमति भएपछि यस विषयमा थप बुझ्न हामीले अर्यालसँग कुराकानी गरेका थियौँ । 

लगानीकर्ताहरुले प्रश्न, सुझाब, गुनासो वा माग जे गर्ने हो त्यो सबै गर्ने कानुन बनाऊने निकायसँग हो र त्यो भनेको अर्थमन्त्रालय नै हो । आन्तरिक राजश्व बिभागसंग कर तिर्ने बाहेक अन्य कुनै सम्बन्ध नै हुदैन। आन्तरिक राजश्व बिभागसंग प्रश्न र ऊत्तर खोज्ने काम मुद्दाको प्रक्रिया नै नबुझ्नु हो। सहि बाटो कुन हो भन्ने थाहा नै नभै दौडिदा पुगिने भड्खालोमा हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको