Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायी गौचनलाई सहिद घोषणा

शुक्रबार, २७ असोज २०७४, १३ : ०७ मा प्रकाशित

व्यवसायी गौचनलाई सहिद घोषणा

अर्थ संसार, काठमाडौं–  अज्ञात समूहद्वारा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरिएको हो ।निर्माण व्यवसायी तथा गौचनका आफन्तले सहिद घोषणाको माग गर्दै गौचनको शव बुझ्न मानेका थिएनन् ।

गृहमन्त्रीको प्रतिबद्धतापछि उनको बिहीबार अन्तिम संस्कार भएको थियो । गएको सोमबार राजधानीको शान्तिनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।
 

59e06acc22255.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको