सेयर कारोबार ब्रोकरको समूह स्टक ब्रोकर एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै आफुहरुलाई लगानीकर्ताको धम्की तथा चेतावनीका निर्वाध रुपमा कार्यालय सञ्चालन गर्न असहज र असुरक्षित महसुस भएको भनाई व्यक्त गरेको छ।
ब्रोकर एसोसिएसनका महासचिव फडिन्द्र ढकाल र अध्यक्ष धर्मराज सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ,"नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयक, २०८० जारी भएपछि उक्त विधेयकका केही दफाहरुलाई लिएर पूँजीबजारका केही लगानीकर्ताहरु आन्दोलित भएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । लगानीकर्ताहरुको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयहरुमा आई कार्यालय बन्द गराउदै हिडेका तथा आगामी आईतबारदेखि आन्दोलनका मागहरु पूरा नभएसम्म दोश्रोबजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षती हुनसक्ने र उक्त क्षतीको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनी समेत दिएको प्रति पनि यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । लगानीकर्ताहरुबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं । आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार सञ्चालन गर्ने वातावरण मिलाई दिनुहुन नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछौं "
आन्दोलनरत लगानीकर्ताले बिहिबार केहि ब्रोकर कार्यालयमा गएर कारोबार बन्द गर्ने कोसिस गरेका थिए भने आइतबार हरेक ब्रोकरमा लगानीकर्ताको समूह बनाई कारोबार बन्द गर्ने तयारी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस