Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोलालाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले दियो स्वीकृती

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १३ : ११ मा प्रकाशित

आँखुखोलालाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले दियो स्वीकृती

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ। आयोगले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो। 

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्नेछ।

जेठ १८ गते बसेको आयोगको बैठकले सो दरमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् उक्त  हकप्रद सेयर निष्कासन गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको