Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोकाे सेयरलाई बैंकसँग तुलना गरेर हुँदैन : नरेन्द्र बल्लव पन्त (भिडियाे)

अर्थ संसार टक

मंगलबार, २३ जेठ २०८०, १३ : ४३ मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका अध्यक्ष समेत रहेका उर्जा उद्यमी नरेन्द्र बल्लव पन्तले पनि यसपाली बन्न लागेको उर्जा उद्यमीहरुको संगठन इप्पानको नयाँ नेतृत्वमा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यस साताको अर्थ संसार टकमा हामीले उनैसँग कुराकानी गरेका छौँ । 

उर्जा उद्यमी भएको नाताले र विगत १२ वर्षदेखिको आफ्नो अनुभवले उनले उर्जा क्षेत्रमा प्रसस्तै समस्या रहेको देखेका छन् । तर यी क्षेत्रमा भएका समस्या समाधानमा निजी क्षेत्रले सहजीकरण गरेका उनको दावी छ । पीपीए रोकिँदा उर्जा उद्यमीहरुलाई धेरै अन्यौलता भएको र आयोजनाहरु सञ्चालनका लागि कठिनाई भएको उनी बताउँछन् । यसका लागि सरकारले भविष्य क्ल्यारिटी हुने गरी क्लियर पिक्चर बनाउनु पर्ने उनी बताउँछन् । सरकारका कारण भारत लगायत बाहिर विद्युत निर्यात गर्दा ९ सय मेगावाट भन्दा धेरै विद्युत निर्यात गर्न सक्ने अवस्था नरहेको उनले बताए । 

पीपीए मात्र नभएर अहिले उत्पादन भएको बिजुलीलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि चुनौती रहेको उनले बताए । विद्युत उत्पादन बढ्ने हुँदा सरकारले विद्युत व्यवस्थापनमा जोड दिनुपर्ने उनी बताउँछन् । धेरै ठाउँ धाउँदा धाउँदा प्रकृया लम्बिने हुँदा सरकारले प्रकृया छोट्याउने नीति अवलम्वन गर्नुपर्नेमा उनले जोड दिए । आयोजना सञ्चालनको प्रक्रिया सम्पन्न गर्न ८ मन्त्रालय र विभाग गरी २१ ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनले बताए ।

विद्युत उत्पादन र विद्युत निर्यातमा केन्द्रित भएर सरकारले काम गरेमा नसोचेको उपलब्धी हासिल गर्न सकिर्ने उनले बताए । यसपालीको बजेट उर्जा क्षेत्रका लागि स्वागतयोग्य रहेको उनले बताए ।

साधारण सेयर (आईपी) र हकप्रद सेयर जारी गर्ने मामिलामा सबै हाइड्रोलाई एकैचोटी नियम परिवर्तन गर्ने भन्दा पनि कम्पनी हेरेर सोही अनुसारको नीति बनाउनुपर्ने उनले बताए । कम्पनी कस्तो छ, कम्पनीले सञ्चालन गर्ने आयोजनाहरु केकस्ता छन्, डेभलपमेन्ट ग्रोथ कस्तो छ त्यो सबै कुरा हेर्नुपर्ने उनले बताए । एउटा नीति बनाएर लगानीकर्ताहरु आईसकेपछि भने परिवर्तन गर्न नहुने उनले बताए ।

कुराकानी कै क्रममा उनले हाइड्राे कम्पनीहरूलाई बैंककाे सेयरसँग तुलना गर्न नहुने बताएका छन् । लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न आफूहरुले बेलाबेलामा वकालत गरिरहेको आफूले बताए । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल उल्लेख गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको