Like us!
Follow us!
Connect us!
Watch us!

संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी काम : सभामुख घर्ती

शनिबार, २८ असोज २०७४, २० : १७ मा प्रकाशित

संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी काम : सभामुख घर्ती

अर्थ संसार, काठमाडौँ–  सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को कार्यकालमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएको बताउनुभएको छ ।

संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उहाँले संसद्को कार्यकालभरीमा ६६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी गराउनुभयो ।

सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्यका साथै जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

कार्यकालमा सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताउँदै उहाँले ‘सरकारसँग प्रश्नोत्तर’ कार्यक्रम, संसद्को आफ्नो भवन बनाउने, सांसद्का लागि आवास बनाउनेलगायतका कार्य गर्न भने बाँकी रहेको र त्यसले आगामी दिनमा पूर्णता पाउने अपेक्षा गर्नुभयो ।

कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सभामुख घर्तीले संसद्को अन्तिम बैठक स्थगित भएको घोषणा गर्नुभयो । नयाँ संविधान अनुसार संसदको नयाँ निर्वाचनका लागि भोलि मनोनयन सुरुहुने भएकाले व्यवस्थापिका—संसदको कार्यावधि आज राति १२ः०० बजे अन्त्य हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको