मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले एकैसाथ दशौं र एघारौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा आउँदो असार २० गते विहान ११ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजना गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७७/०७८ र आव २०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्ताव पेस गरी पारित गर्नेछ । साथै, सभाले लेखापरीक्षण प्रतिवेदन सहित आव २०७७/०७८ र आव २०७८/०८९ साल असार मसान्तको वित्तीय विवरणहरू (वासलात, आय विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू) उपर छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनीको सञ्चालक समितिको मिति २०७९/०५/०७ मा बसेको २७९ औं बैठकको निर्णयानुसार कम्पनी ऐन, २०६३ को दफा ११३ मा भएको व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुरोध गरिएकोमा उक्त कार्यालयको मिति २०७९/०५/१४ को स्वीकृति अनुसार लेखापरीक्षक एचकेएसडि एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार आव २०७८/०७९ को लागि मूल्य अभिवृद्धि करबाहेक १ लाख ७८ हजार रुपैयाँ लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षक नियुक्त गरिएकोले सोको अनुमोदनका साथै आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले वार्षिक साधारण सभा गर्ने प्रयोजनार्थ बुक क्लोज असार ६ गते बुधबार एक दिन बन्द गर्ने निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस