Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको ५० प्रतिशत हकप्रदमा खुल्यो आवेदन, कहाँकहाँ पाइन्छ भर्न ?

बुधबार, ०१ मंसिर २०७३, ११ : ५७ मा प्रकाशित

जनता बैंकको ५० प्रतिशत हकप्रदमा खुल्यो आवेदन, कहाँकहाँ पाइन्छ भर्न ?

अर्थ संसार
काठमाडौं–जनता बैंकले ५० प्रतिशत हकप्रद सेयरका लागि बुधबारदेखि आवेदन खुल्ला गरेको छ । बैंकका संस्थापक र साधारण सेयरधनीले पुस ५ गतेसम्म हकप्रदको आवेदन फर्म भर्न सक्ने छन् । बैंकले १ करोड ३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद विक्रीपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ९ करोड पुग्ने छ । 

बैंकका सेयरधनीले बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ र आफ्ना सबै शाखा कार्यालयहरूमा आवेदन फारम बुझाउन सक्नेछन् । जनता बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेको छ । बैंकले अघिल्ला दुई बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्न बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको