आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा निःशुल्क हेर्न पाइने भएको छ। जिम्बावेमा आगामी असार ३ देखि सुरु हुने विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङको मिडिया अधिकार जोहरा इन्टरनेशनल प्रा.लिले प्राप्त गरेको छ। प्रतियोगितामा नेपाल पनि सहभागी हुँदैछ ।
स्टार इन्डिया प्रालिमार्फत् प्राप्त स्ट्रिमिङको मिडिया अधिकार जोहरा इन्टरनेशनलले एड प्याड प्रालिसँग विशेष मार्केटिङ र प्रसारण गर्न सम्झौता गरेको छ। एडप्याडले यस प्रतियोगितालाई नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हो।
प्रतियोगिताका सबै ३४ खेलहरू नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिने जनाइएको छ। खेलहरू नेपाल भित्र मात्र हेर्न सकिनेछ। सबै खेलको प्रत्यक्ष प्रशारण नेपाली समयअनुसार मध्यान्ह १२:३५ बजेदेखि सुरु हुनेछ ।
असार ३ देखि सुरु हुने प्रतियोगिताको नेपालको समूहमा आयोजक जिम्बावे तथा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँगै अमेरिका र नेदरल्यान्ड्स छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस