Like us!
Follow us!
Connect us!
Watch us!

मेयर बालेनको अभिव्यक्तिपछि उपत्यकामा रोकियो आदिपुरूषको सो, चलचित्र संघ भने अन्योलमा

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, ०७ : ३८ मा प्रकाशित

मेयर बालेनको अभिव्यक्तिपछि उपत्यकामा रोकियो आदिपुरूषको सो, चलचित्र संघ भने अन्योलमा

 दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन सबै फिल्म हलले शुक्रबार बिहानको रोकेका छन् । काठमाडौँ महानगरका मेयर बालेन शाहको अभिव्यक्ति र चर्किएको विवादपछि चलचित्र संघले फिल्मको शुक्रबारको सबै सो बन्द गरेको हो। 

काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्। 

सेन्सर बोर्डले भने विवादित संवाद हटाउँदै सेन्सर पास गरेको थियो। तर मेयरको अभिव्यक्तिपछि चलचित्र संघ भने अन्योलमा छ र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको  'आदिपुरूष'  रामायणमा आधारित चलचित्र हो र फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको