Like us!
Follow us!
Connect us!
Watch us!

प्यारामाउण्ट मोटर्सद्वारा आयात गरिने इलेक्ट्रिक भेहिकल खरिद गर्ने ग्राहकले प्रभु बैंकबाट कर्जा प्राप्त गर्न सक्ने

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १५ : ४६ मा प्रकाशित

प्यारामाउण्ट मोटर्सद्वारा आयात गरिने इलेक्ट्रिक भेहिकल खरिद गर्ने ग्राहकले प्रभु बैंकबाट कर्जा प्राप्त गर्न सक्ने

प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि.बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा.लि.द्वारा आयात गरिएको एम्जी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको