Like us!
Follow us!
Connect us!
Watch us!
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत

नेपालले घरेलु टोली जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १६ : १९ मा प्रकाशित

नेपालले घरेलु टोली जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत घरेलु टोली जिम्बावेलाई नेपालले २ सय ९१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन जोडेको हो।

नेपालका लागि ओपन कुशल भुर्तेलले सर्वाधिक रनको योगदान दिएका छन्। उनले ९५ बलको सामना गर्दै १३ चौका र २ छक्काको मद्धतमा ९९ रन जोडे। यस्तै, अर्का ओपन आशिफ शेखले १०० बलमा ७ चौका प्रहार गर्दै ६६ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका कुशल मल्लले ४२ बलमा ४१ रन, कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन जोडे। त्यस्तै, आरिफ शेखले ११ बलमा १० रन, गुल्शन झाले १३ बलामा समान १३ रन, भिम शार्की शून्य र दिपेन्द्रसिंह ऐरीले ६ रनमा आउट भए।

सोमपाल कामी शून्य रन र करन केसीले २ रन जोड्दै अविजित रहे। जिम्बावेका लागि रिचार्ड नग्रभाले सर्वाधिक ४ विकेट लिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको