Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १६ : ०२ मा प्रकाशित

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने प्रक्रियालाई बढाएको छ । संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर पुँजी संरचना अनुपात ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी सेयरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। 

समताले ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु लघुवित्तको काभ्रेको बनेपास्थित केन्द्रीय कार्यालयमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा समता घरेलु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको