Like us!
Follow us!
Connect us!
Watch us!

सरकारबाट बाहिरियो माओवादी केन्द्र

मंगलबार, ३१ असोज २०७४, १२ : ४७ मा प्रकाशित

सरकारबाट बाहिरियो माओवादी केन्द्र

अर्थ संसार, काठमाडौं–माओवादी केन्द्र  सरकारबाट बाहिरिने भएको छ । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्र सरकारबाट बारिने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि नेपाली कांग्रेसले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेको थियो ।

सरकार छाड्नु अघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको