Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १२ : ४९ मा प्रकाशित

मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

मङ्गलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान धनगढी रङ्गशालामा राखिएको छ ।

मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभासदस्यहरु धनगढी रङ्गशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नंको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको