नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । आज दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।-रासस/File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस