Like us!
Follow us!
Connect us!
Watch us!

देशको राजस्व संकलनको लक्ष्य र उपलब्धी, यस्तो छ तीन आवको अवस्था

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, १६ : ०१ मा प्रकाशित

देशको राजस्व संकलनको लक्ष्य र उपलब्धी, यस्तो छ तीन आवको अवस्था

महालेखा परीक्षक कार्यालयको अनुसार सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११ खर्ब ९६ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तथ्यांक अनुसार, गत वर्षका लागि निर्धारण गरिएको वार्षिक लक्ष्यको तुलनामा ८४.२८ प्रतिशत मात्रै राजस्व असुली भएको हो । 

सरकारले गत आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेको थियो । लक्ष्य पूरा हुन नसके पनि आर्थिक वर्ष  २०८०/८१ को तुलनामा समग्र राजस्व सङ्कलनमा भने १०.४८ प्रतिशतको सकारात्मक वृद्धि देखिएको छ । प्रमुख कर राजस्वतर्फ मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको असुली स्थिति तुलनात्मक रुपमा सन्तोषजनक रहे पनि भन्सार महशुल र आयकर भने लक्ष्यभन्दा निकै पछाडि परेका छन् । 

मूल्य अभिवृद्धि करतर्फ ३ खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ८८.४६ प्रतिशत अर्थात् ३ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ असुली भएको छ । त्यस्तै, अन्तःशुल्कतर्फ १ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ८९.८५ प्रतिशत अर्थात् १ खर्ब ७५ अर्ब १७ करोड रुपैयाँ संकलन भएको छ । यसैगरी, आयकरतर्फ ३ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ७६.३५ प्रतिशत अर्थात् ३ खर्ब १ अर्ब ८७ करोड रुपैयाँ मात्रै उठ्न सकेको छ ।

भन्सार महशुलतर्फ भने सबैभन्दा कमजोर प्रगति देखिएको छ । जहाँ ३ खर्ब ७ अर्ब ३६ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ७५.१२ प्रतिशत मात्रै उपलब्धि हासिल हुँदै २ खर्ब ३० अर्ब ९१ करोड रुपैयाँ असुली भएको छ । समग्रमा, अघिल्ला वर्षहरुको तुलनामा राजस्वको ग्राफ माथि उक्लिएको देखिए तापनि भन्सार र आयकरको न्यून असुलीका कारण सरकारको वार्षिक लक्ष्य प्रभावित भएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको