Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

अर्थ संसार

विहीबार, ०७ असार २०८०, ११ : २२ मा प्रकाशित

अभियान लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले यही असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र सर्वसाधारण सेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ । सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र र नियमावलीमा कुनै विषयमा संशोधन एवं पविर्तन गर्न निर्देशन भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्नेलगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

संस्थाले साधारणसभा प्रयोजनार्थ असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १४ गते (असार १५ गते शुक्रबार र असार १६ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको