Like us!
Follow us!
Connect us!
Watch us!

एक कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

अर्थ संसार

विहीबार, ०७ असार २०८०, ११ : २८ मा प्रकाशित

एक कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले बैशाख १८ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले जेठ ७ गतेसम्म सेयर अभौतिकरण गराएका कम्पनीका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीको उक्त बोनस सेयर सिडिएस र नेप्सेमा सूचीकृत समेत भएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको