पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज (बिहिबार) बिहान उनलाई पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले पार्टीको लोगो लगाइदिँदै स्वागत गरेका हुन् ।
पूर्व बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)निकट देखिएका थिए । उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए ।
निर्वाचनपछि एमालेबाट टाढिएका शाह बिहीबार औपचारिकरूपमा रास्वपा प्रवेश गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको बताइएको छ । उनी नबिल बैंक र मेघा बैंकका पूर्व सिइओ थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस