Like us!
Follow us!
Connect us!
Watch us!

लाओसमा नेपालीले नै नेपालीलाई बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ तथा सेयर कारोबारमा संलग्न गराएपछि...

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १३ : ५४ मा प्रकाशित

लाओसमा नेपालीले नै नेपालीलाई बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ तथा सेयर कारोबारमा संलग्न गराएपछि...

चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा प¥याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा सेयर कारोबारमा संलग्न गराएको पाइएको छ । उनीहरले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौँबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओस्को बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पु¥याइ बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्रयापमा पारी जबरर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुस्न्धान ब्यूरोले जानकारी दिएको छ । 

ब्यूरोका अनुसार पीडत दुई व्यक्ति लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि अघि गत वैशाखमा छुटेर आएपछि दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।

 उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौँको नागर्जुन बस्ने वर्ष २५ का पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ । 

पदम नेपाली भने लाओस, कम्बोडिया, म्यानारलगायतका देशमा चाइनिज भाषाको ट्रान्सलेटरको रुपमा काम गर्दै आएका र सोही क्रममा चाइनिजसँग मिलेर उक्त अवैध कारोबारमा संलग्न रहेको पाइएको छ । उनले युवाहरुलाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस पु¥याएका खुल्न आएको छ । त्यहाँ पु¥याएपछि त्यो गिरोहले फेसकुब, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ ।

नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवाहरुलाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए ।

पीडितलाई उनीहरुले नेपालबाट लाओस् प¥याउनका लागि लागेको रु आठ लाख फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलगनता रहेको ब्यूरोले जनाएको छ ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको