Like us!
Follow us!
Connect us!
Watch us!

सिरहाको कसहा बजारमा समृद्धि फाइनान्सको शाखा सञ्चालनमा

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १६ : २६ मा प्रकाशित

सिरहाको कसहा बजारमा समृद्धि फाइनान्सको शाखा सञ्चालनमा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजबाट सिरहाको धनगढीमाई नगरपालिका–८ कसहा बजारमा आफ्नो ११ औँ शाखा सञ्चालनमा ल्याएको छ। 

कसहा शाखाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा धनगढीमाई, कसहा बजार समितिका अध्यक्ष, अस्थायी प्रहरी पोस्ट कसहाका प्रमुख, समाजसेवी, बुद्धिजीवीलगायत अन्य व्यक्तित्वहरु अतिथिका रुपमा रहेका थिए। 

यो नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल ११ वटा पुगेको छ। संस्थाले भोलि सुनसरीको मधुवनमा अर्को एउटा शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको