Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिमा जोखिम भार ७५ प्रतिशत नै कायम गर्न राष्ट्र बैंकलाई नाडाको सुझाव

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १६ : ५६ मा प्रकाशित

मौद्रिक नीतिमा जोखिम भार ७५ प्रतिशत नै कायम गर्न राष्ट्र बैंकलाई नाडाको सुझाव

नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपाल (नाडा)ले हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोमा उक्त व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । हिजो (बुधबार) नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले दुई करोड भन्दा माथीको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकनका लागि समेत अनुरोध गरिएको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी सो बैंकले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि नयाँ मौद्रीक नीति जारी गर्न लागेको सन्दर्भमा छलफल गर्दे लिखित सुझावहरु समेत पेश गरेको हो । 

उक्त भेटटमा नाडाका अध्यक्ष थापाले विगतमा नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु नाडालाई अप्रिय लागेको भए पनि उक्त नीति निर्देशनहरुका कारण देशको बर्तमान आर्थिक परिदृश्यमा सकारात्मक प्रभाव पार्दै लगेको बताए । सोही छलफलको क्रममा गर्भनर अधिकारीले नाडाको सुझावहरुप्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेको र आउदो मौद्रिक नीतिबाट नेपालको अटोमोवाइल क्षेत्रले सहजता महशुस गर्ने विश्वास व्यक्त गरे । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा तथा केन्द्रीय कार्य समिति सदस्य तथा सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको