Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १० : २४ मा प्रकाशित

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा छलफल गरेको छ ।

मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा आयोजना गर्न लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीका सन्दर्भमा छलफल भएको हो ।

उक्त छलफलमा खाशगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यकजन शक्तिनिर्माण गर्ने, अटोमोवाइल क्षेत्र वाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, अन्तर मन्त्रालयहरुविच सहकार्य गर्ने,सहमतीका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रीत रह्यो ।

उक्त छलफलमा सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफनो धारणा राखे। सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्चगुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफना धारणाहरु राखे।

सो मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगार योग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाण्डौमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको हो ।यसैगरी सो मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसंग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने छ । 

उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रिय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्र कुमार मिश्रा, नवराज भुसाल, प्रकाशक पुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।

यसै सिलसिलामा आजै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको